नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा हालका दिनमा ध्वनि प्रदूषणले कान नसुन्ने समस्यामा तीव्र वृद्धि भइरहेको स्वास्थ्य विशेषज्ञहरूले बताउनुभएको छ। विश्व श्रवण दिवसको अवसरमा चिकित्सकहरूले कानको समस्याप्रति सचेत रहन सबैलाई आग्रह गर्नुभएको छ।
पहिले जन्मजात कारण र संक्रमणका कारण सुनाइ नआउने समस्या बढी देखिन्थ्यो भने अब ठूलो आवाजका म्युजिक उपकरण, चर्को ध्वनि भएका कार्यक्रम, लामो समय हेडफोनको प्रयोग र यस्तै कारणले पनि मानिसहरू श्रवण क्षमता गुमाउन थालेका छन्। नाक, कान, घाँटी तथा मुख शाखाका प्रमुख डा. प्रकाश बुढाथोकीका अनुसार विशेष गरी लामो समयसम्म चर्को आवाजमा रहने बानीले यो समस्या निम्तिएको हो।
ध्वनि प्रदूषणको उच्च जोखिममा रहनेहरूमा कारखानाका श्रमिक, सडक तथा विमानस्थल नजिक बसोबास गर्नेहरू, लगातार धार्मिक वा सांगीतिक गतिविधिमा संलग्न व्यक्तिहरू परेका छन्। साथै, समयमै कानको संक्रमणको उपचार नगर्ने, गर्भावस्थामा आवश्यक खोप नलगाउने वा अनावश्यक औषधि सेवन गर्ने गर्भवती महिलाको शिशुमा पनि सुनाइ समस्या देखिन सक्छ।
डा. रवीन्द्र प्रधानांगका अनुसार बाल्यकालमै कानमा संक्रमण हुने, वा कक्लियो इम्प्लान्ट र श्रवण यन्त्र प्रयोगमार्फत समस्या समाधान सम्भव भए पनि उपचार ढिलो हुँदा समस्या जटिल बन्ने गर्छ।
नेपालमा कान नसुन्ने समस्या कुल जनसंख्याको १५.५% मा रहेको जनगणना २०६८ मा देखिएको थियो। पछिल्लो सर्वेक्षण अनुसार यो संख्या बढेर १८.४% पुगेको छ, जसमा करिब आधा समस्या कानमा फोहोर जमेर हुने गरेको देखिएको छ।
विशेषज्ञहरूका अनुसार समयमै परीक्षण र उपचार गरिएमा करिब ६०% कान समस्या समाधान गर्न सकिन्छ। स्थानीय तहदेखि केन्द्रसम्म कान स्वास्थ्य सेवा विस्तार गर्ने कार्य भइरहेको जानकारी दिँदै डा. बुढाथोकीले वीर अस्पतालमा ९० शय्याको नयाँ कान वार्ड स्थापना हुँदै गरेको जानकारी दिनुभयो।
- चिकित्सकको सल्लाहस्
- कडा आवाजमा संगीत नसुन्ने
- कानको संक्रमण भएमा तुरुन्त उपचार गर्ने
- नियमित रूपमा कान सफा गर्ने र परीक्षण गर्ने
- गर्भवती महिलाले चिकित्सकको सल्लाह बिना औषधि नखाने
- नवजात शिशुको एक महिनाभित्र कान परीक्षण गराउने
- कारखानामा काम गर्नेहरू समयसमयमा कान परीक्षण गराउने
समयमै सचेत भइ कानको हेरचाह गरेमा श्रवण गुम्ने समस्याबाट बच्न सकिने सन्देश चिकित्सकले दिएका छन्।
विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण
बुधबार, चैत २५, २०८२
आज दशौँ स्वास्थ्य बीमा दिवस
बुधबार, चैत २५, २०८२
स्वास्थ्य चुनौती समाधान गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य : मन्त्री मेहता
मंगलबार, चैत २४, २०८२
