नेपाल हेल्थ न्युज, जुम्ला । जुम्लाको सिँजा गाउँपालिकाले स्थानवासीका लागि स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले नयाँ एम्बुलेन्स खरिद गरेको छ। गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार, नेपाल सरकारबाट पूर्ण रूपमा राजस्व छुट पाएको उक्त एम्बुलेन्स पालिकाको आन्तरिक बजेटबाट खरिद गरिएको हो।
एम्बुलेन्सको खरिद मूल्य २१ लाख रुपैयाँ रहेको छ भने व्यवस्थापन खर्चसहित कुल २४ लाख रुपैयाँ खर्च गरिएको छ। अध्यक्ष धितालले पुरानो एम्बुलेन्स मर्मतमा अत्यधिक खर्चिन थालेपछि नयाँ एम्बुलेन्सको आवश्यकता देखिएको र टेन्डर प्रक्रियामार्फत नयाँ सवारीसाधन खरिद गरिएको जानकारी दिनुभयो।
सरकारी राजस्व छुटका कारण ११ लाख रुपैयाँ जोगिएको समेत बताइएको छ, जसले कुल लागत ३२ लाखबाट घटाएर २४ लाखमा सिमित पारिएको हो। पालिकाले सुत्केरी र गर्भवती महिलाहरूलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइरहेको छ भने अन्य नागरिकलाई न्यून शुल्कमा सेवा दिइँदै आएको छ।
नयाँ एम्बुलेन्स सञ्चालनमा आएपछि विगतमा पुरानो सवारीको बिग्रावटका कारण सास्ती खेपिरहेका स्थानवासीले राहत पाउने आशा गरिएको छ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
