नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा डा. अमित तोमरलाई नियुक्त गरेको छ। अस्पतालले उहाँको अनुभव र व्यवस्थापकीय क्षमताबाट संस्था थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेको छ।
डा. तोमरले बेलायतको युनिभर्सिटी अफ लिड्सबाट अस्पताल व्यवस्थापनमा स्नातकोत्तर अध्ययन पूरा गर्नुभएको हो। उहाँ विभिन्न विकसित र विकासोन्मुख देशहरूमा अस्पताल तथा स्वास्थ्य सेवाको क्षेत्रमा कार्यानुभव हासिल गरिसक्नुभएको छ। अस्पतालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ कि उहाँको नियुक्तिले गुणस्तरीय सेवा विस्तार र बिरामीहरूलाई आधुनिक उपचार उपलब्ध गराउने दिशामा टेवा पुर्याउनेछ।
उच्चस्तरीय सेवा सुनिश्चित गर्न अस्पतालले विभिन्न विभागका वरिष्ठ विशेषज्ञहरू सम्मिलित मेडिकल बोर्डको गठन समेत गरेको छ। उक्त बोर्डमा समावेश चिकित्सकहरूमा जेनेरल तथा डाइजेस्टिभ डिजिज युनिट १ का प्रमुख प्रा.डा. सुनिल कुमार शर्मा, इएनटी–हेड एण्ड नेक सर्जरी विभागका प्रमुख प्रा.डा. तोरण केसी, रेडियोलोजी तथा इमेजिङ विभाग प्रमुख प्रा.डा. राम कुमार घिमिरे, र अर्थोपेडिक सर्जरी विभाग प्रमुख प्रा.डा. शिशिर लाखे रहनुभएको थियो।
अस्पतालले डा. तोमरको नेतृत्वमा अझ प्रभावकारी, पहुँचयोग्य र नविन स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

