नेपाल हेल्थ न्युज, काठमाडौं । दमको पुरानो समस्याबाट ग्रसित क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महासचिव मोहन वैद्य ‘किरण’ हाल काठमाडौँस्थित शिक्षण अस्पताल, महाराजगञ्जको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत हुनुहुन्छ।
अस्पतालमा भर्ना भएको १३ दिनपछि उहाँको स्वास्थ्यमा केही सुधार देखिएको चिकित्सकहरूले जनाउनुभएको छ।
उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेतृ हिसिला यमि सहितको टोली अस्पताल पुगेको थियो। उहाँहरूले वैद्यको स्वास्थ्यमा संलग्न चिकित्सकहरूसँग भेटेर आवश्यक जानकारी लिनुभएको थियो ।
जनयुद्धका सहकर्मी रहनुभएका वैद्य र भट्टराई लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा एकसाथ सक्रिय रहँदै आउनु भएको थियो।हिमालप्रेस
प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
