नेपाल हेल्थ न्युज, अर्घाखाँची । सडक सुरक्षालाई ध्यानमा राख्दै अर्घाखाँचीमा सवारी चालकहरूको स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्न सडकमै निःशुल्क आँखा र रक्तचाप परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको पहलमा गोरुसिंगे–सन्धिखर्क सडकखण्डको लाहुरे बजार क्षेत्रमा यो शिविर सञ्चालन गरिएको हो।
प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्र बहादुर मल्लका अनुसार, सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा करिब १०० जना चालकको आँखा तथा रक्तचाप परीक्षण गरिएको हो।
जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा गरिएको यस कार्यक्रमले चालकहरूको दृष्टि क्षमता र सामान्य स्वास्थ्य अवस्था पहिचान गर्न सहयोग पुर्याएको छ। साथसाथै, सडक सुरक्षाप्रति जनचेतना फैलाउन विभिन्न सूचनामूलक ट्राफिक बोर्डहरू समेत राखिएको थियो।
स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्ण प्रसाद पोखरेलका अनुसार, यस्ता कार्यक्रमहरूले सडक दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
