नेपाल हेल्थ न्युज, काठमाडौं । भारतको एयर इन्डियाको विमान एआई १७१ अहमदावादबाट उडेपछि केही समयमै दुर्घटनामा परेको छ। घटनास्थल गुजरातस्थित मेघाणी नगर क्षेत्रमा पर्छ, जहाँ बस्ती भएको कारण जमिनमा पनि मानवीय क्षति भएको छ।
यो विमान लन्डनको ग्याटविक अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै थियो। उडानका क्रममा नियन्त्रण गुमाउँदै विमान एक डाक्टरहरूको होस्टलमा खसेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
घटनामा डाक्टर होस्टलमा रहेका १५ जना घाइते भएका छन् भने थप २०–२५ जना स्थानीय व्यक्तिहरू पनि प्रभावित भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। भारतीय मिडिया एबीपी न्युजका अनुसार, स्थानीय पार्षदले घटनास्थलमा अझ बढी क्षति भएको संकेत गरेका छन्।
विमानमा कुल २३० जना यात्रु सवार थिए। तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगाली र १ जना क्यानडाका नागरिक रहेको बताइएको छ।
हाल घाइतेहरूको उपचार भइरहेको छ भने विमान दुर्घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको भारतीय अधिकारीहरूले जनाएका छन्।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
