नेपाल हेल्थ न्युज, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को हालै सम्पन्न अधिवेशनबाट डा. सुजन कडरिया अध्यक्षमा निर्वाचित भएका छन्। कीर्तिपुरमा आयोजना गरिएको अधिवेशन अन्तर्गत बिहीबार सम्पन्न विद्युतीय मतदानमा उनले निकटतम प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतको अन्तरले पछि पारेका हुन्।
निर्वाचन परिणामअनुसार कडरियाले ७३२ मत प्राप्त गरे भने पौडेलले ७२५ मत ल्याएका थिए। अत्यन्त प्रतिस्पर्धात्मक देखिएको यो निर्वाचनमा दुवै उम्मेदवार आ–आफ्नो प्यानलसहित मैदानमा उत्रिएका थिए। कडरियालाई अध्यक्ष मण्डलबाट औपचारिक समर्थन प्राप्त थियो, भने पौडेलले मण्डलप्रति असहमति जनाउनेहरूलाई समेट्दै छुट्टै समुहको नेतृत्व गरेका थिए।
महासचिव पदमा कडरियाकै समुहबाट दीपक धामी विजयी भए भने आरके रोमस पराजित भए।
नव-निर्वाचित पदाधिकारीहरूको सूचीः
- अध्यक्षस् डा. सुजन कडरिया
- उपाध्यक्षहरूः अञ्जना सिवाकोटी, विकास श्रेष्ठ
- महासचिवः दीपक धामी
- उपमहासचिवः कमल जोशी
- सचिवहरूः आकाश घर्ती, रचना सापकोटा, समिम बाबु, गोपाल नेपाल
- आयोग अध्यक्षहरूः प्रकाश बिष्ट, सुमन घिमिरे, जित प्रसाद सिटौला
यसपटकको अधिवेशनले विद्यार्थी राजनीतिमा नयाँ नेतृत्वको आगमनसँगै संगठनभित्रको विचार, रणनीति र समावेशी दृष्टिकोणलाई पनि झल्काएको छ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
