नेपाल हेल्थ न्युज, नेपालगन्ज । भेरी अस्पताल, नेपालगन्जमा आगामी असार महिनादेखि एमडी तहको अध्ययन सुरु हुने भएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार असारको दोस्रो सातादेखि मेडिसिन, सर्जरी, गायनोकोलोजी र अर्थोपेडिक्स विभागमा एमडी पढाइ सुरु हुनेछ।
यसअन्तर्गत मेडिसिन र सर्जरी विभागमा दुई/दुई विद्यार्थी र गायनोकोलोजी तथा अर्थोपेडिक्समा एक/एक विद्यार्थीले एमडी अध्ययन गर्नेछन्।
पश्चिम नेपालको प्रमुख रेफरल अस्पताल भेरी अस्पताल र चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बीच एमडी/एमएस कार्यक्रम सञ्चालनका लागि पहिले नै सम्झौता भइसकेको छ र आवश्यक फ्याकल्टी पनि तोकिएको छ।
डा. सुवेदीले भन्नुभयो, “एमडी/एमएस कार्यक्रमले अस्पतालको सेवा स्तरमा गुणात्मक सुधार ल्याउनेछ। अब उपचारसँगै शैक्षिक गतिविधि पनि सँगसँगै अगाडि बढ्ने हुँदा अस्पतालको स्तर उल्लेखनीय रूपमा उक्लनेछ।”
भेरी अस्पतालमा मेडिसिन, सर्जरी, अर्थोपेडिक्स, गायनोकोलोजी, पिडियाट्रिक्स, एनेस्थेसिया, रेडियोलोजी, इएनटी र एमडिजिपीमा एमडी/एमएस पढाइ सञ्चालन गर्ने योजना लामो समयदेखि थियो। तर विगतमा त्यो प्रयास सफल हुन सकेको थिएन।
हाल, न्याम्सले चारवटा विषयमा कूल ६ जना विद्यार्थीलाई भेरी अस्पतालमा एमडी/एमएस अध्ययनका लागि पठाउने तयारी गरेको छ। यसरी अध्ययन सुरु भएपछि भेरी अस्पताल न्याम्सको आङ्गिक अस्पतालको रूपमा विकास हुनेछ।
सङ्घीय सरकारले मातहतमा रहेको भेरी अस्पतालमा मध्य र सुदूरपश्चिम क्षेत्रका २४ जिल्लाका बिरामी उपचार गराउन आउने गर्दछन्। अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले एमडी/एमएस पढाइ सुरु भएपछि अस्पतालको प्रतिष्ठा अझ बलियो हुने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी समितिका सदस्य डा. डक्टप्रसाद धितालले भन्नुभयो, “विशेषज्ञ सेवाहरू विस्तार हुँदै जाँदा एमडी/एमएस पढाइ पनि सुरु हुन लागेको छ। सरकारले १७९ जना थप जनशक्ति भर्ना गर्ने निर्णय गरेपछि अस्पताल यस क्षेत्रकै उत्कृष्ट सेवा प्रदायक बन्नेछ।
बीपी क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान
बुधबार, असोज १४, २०८३
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनः सञ्चालनमा
बुधबार, असोज १४, २०८३
बिरामीको मृत्यु भएपछि बीपी प्रतिष्ठानमा तोडफोड
बुधबार, असोज १४, २०८३
डाेटी अस्पतालकाे शाैचालयमा स्वास्थ्यकर्मी मृत फेला
बुधबार, असोज १४, २०८३
