नेभिगेशन

बिरामीको मृत्यु भएपछि बीपी प्रतिष्ठानमा तोडफोड

नेपाल हेल्थ न्युज, सुनसरी । सुनसरीको उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड गरेका छन्।

धरान उपमहानगरपालिका–१५ की १४ वर्षीया दिपिका तामाङको मृत्यु भएपछि आक्रोशित आफन्तले बुधबार  प्रतिष्ठानको डाइरेक्टर कार्यालय, बिल काउन्टर र आर्थिक प्रशासन शाखामा तोडफोड गरेका हुन्। 

उनका दाजु भुपेन्द्र तामाङले प्रतिष्ठानको बच्चा वार्डमा कार्यरत चिकित्सकको चरम लापरबाहीका कारण बहिनीको मृत्यु भएको आरोप लगाए। उनले उपचारमा लापरबाही गर्ने चिकित्सकमाथि छानबिन गरी कारबाही गर्न माग गरे।

दीपिका पेट दुख्ने समस्या भएपछि मंगलबार उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी थिइन्। उपचारकै क्रममा उनको मृत्यु भएको आफन्तले बताएका छन्। घटनापछि प्रतिष्ठानमा तनावको अवस्था सिर्जना भएको छ। उपचारमा सम्लग्न चिकित्सकले भने दिपिकाको उपचारमा कुनै लापरबाही नभएको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट