नेपाल हेल्थ न्युज, काठमाडौं । गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक राजावादी आन्दोलनको क्रममा जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको घटना सम्बन्धमा बिहीबार राति साढे १२ बजे काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले फैसला सुनाएको छ ।
रामेछापको गोकुलगंगा गाउँपालिका–४ का २८ वर्षीय केशव बस्नेत र सन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का २८ वर्षीय कुमार तामाङमाथि आपराधिक उपद्रव र संगठित अपराधको मुद्दा दर्ता भएको छ। दुबै प्रतिवादीले जडिबुटी प्रशोधन केन्द्रमा राखिएका सरकारी र निजी गाडीमा आगजनी गरेको आरोप लागेको छ।
प्रहरीका अनुसार, बस्नेतले दाउरामा कपडा बाँधेर पुल्ठो बनाएर गाडीहरूमा आगो सल्काएका थिए। घटना सीसीटीभी फुटेजबाट प्रमाणित भएको छ। साथै, उनले सीसीटीभी क्यामेरामा ढुंगा प्रहार गरी तोडफोड पनि गरेका थिए।

त्यस्तै, तामाङले कार्टुनमा आगो लगाएर प्रशोधन केन्द्रमा आगो सल्काएको पुष्टि भएको छ। उनीमाथि ट्राफिक लाइटमा ढुंगा प्रहार गरी तोडफोड गरेको भिडियो समेत प्रहरीले संकलन गरेको छ।
यी प्रमाणलाई आधार मानी न्यायाधीश कार्कीको इजलासले दुबै प्रतिवादीलाई कारागार चलानको आदेश दिएको छ।अनलाइनखबर
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
