नेपाल हेल्थ न्युज काठमाडौं । वासिङटन डिसी अमेरिका नेपाल मेडिकल फाउन्डेसनको २९औं वार्षिक साधारण सभाले डा. विष्णु सापकोटालाई पुनः अध्यक्षको जिम्मेवारी सुम्पिएको छ। हालै सम्पन्न सभाबाट नयाँ २५ सदस्यीय कार्यसमिति चयन गरिएको हो, जसको नेतृत्व डा. सापकोटाले गर्नुहुनेछ।
कार्यसमितिमा अन्य पदाधिकारीहरू यसप्रकार हुनुहुन्छ, डा. नारायण न्यौपाने उपाध्यक्ष, डा. नविन कैनी सचिव, डा. कल्पना श्रेष्ठ कोषाध्यक्ष र डा. सुशील सुवेदी सह-कोषाध्यक्षको रूपमा चयन हुनुभएको छ।
सदस्यहरूमध्ये डा. विकास भट्टराई, डा. विनोद ढुंगाना, डा. विवेक वाग्ले, डा. विनोद खड्का, डा. डिल्ली भुर्तेल, डा. गणेश चौधरी, डा. जीवन लामिछाने, श्रद्धा मानन्धर, उपेन्द्र काफ्ले, डा. राजु सेन्चुरी, डा. लक्ष्मण तिवारी, डा. वीरेन्द्र शाह, डा. सन्तोष सापकोटा, डा. सरोज कँडेल, डा. श्याम पौडेल, डा. निता थापा, डा. समिर गौतम, डा. अनन्ता सुवेदी, डा. भुपेस खड्का र डा. मार्भिन ब्रुस्टिन हुनुहुन्छ।
फाउन्डेसनले नेपाली समुदायका लागि स्वास्थ्य सेवा तथा सहयोगमूलक कार्य गर्दै आएको छ, र नयाँ नेतृत्वले उक्त प्रयासलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
औषधी व्यवस्था विभागका तीन वरिष्ठ व्यवस्थापकको सरुवा, को कहाँ सरुवा भयो?
बुधबार, भदौ ३१, २०८३
हिमभासको दोस्रो संस्करण चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने
बुधबार, भदौ ३१, २०८३
बिनाशल्यक्रिया मुटुको भल्भको उपचार नेपालमै सम्भव बनाउँछौँ : डा. स्मृति शाक्य
बुधबार, भदौ ३१, २०८३
बागलुङमा १४ सयभन्दा बढीमा डेङ्गु, २८२ मा स्क्रब टाइफस पुष्टि
बुधबार, भदौ ३१, २०८३
