नेपाल हेल्थ न्युज, काठमाडौं । भारत सरकारले नेपालमा स्वास्थ्य सेवा पहुँचलाई थप सुदृढ बनाउने उद्देश्यले ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ। यी सवारी साधनहरू नेपालका विभिन्न ३३ जिल्लामा परिचालित गरिनेछन्। एम्बुलेन्स हस्तान्तरणका लागि काठमाडौं, वीरगंज, पोखरा र धरानमा एकैसाथ कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमहरू काठमाडौंस्थित भारतीय दूतावास, वीरगंजको महावाणिज्य दूतावास, पोखरा तथा धरानका पेन्सन कार्यालयहरूमा आयोजना गरिएको थियो। काठमाडौंमा मात्रै २२ वटा, वीरगंज र पोखरामा समान रूपमा ७र७ वटा तथा धरानमा ४ वटा एम्बुलेन्स वितरण गरिएको जनाइएको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा भारतीय राजदूतावासका उप–प्रमुख प्रसन्न श्रीवास्तवले लाभग्राही स्थानीय तहका प्रतिनिधिहरूलाई सवारी चाबी हस्तान्तरण गर्दै स्वास्थ्य पूर्वाधारमा भारतको सहयोग निरन्तर जारी रहने प्रतिबद्धता जनाउनुभयो। उहाँले नेपाल–भारत सम्बन्धलाई गहिरो र जीवन्त विकास साझेदारीको रूपमा परिभाषित गर्नुभयो।

सो अवसरमा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न नगर तथा गाउँपालिकाका प्रमुखहरू, राजनीतिज्ञ तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अन्य स्थानमा सम्पन्न समारोहमा पनि स्थानीय प्रतिनिधिहरूले एम्बुलेन्स प्राप्त भएकोमा खुसी व्यक्त गर्दै यसले स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
भारत सरकारले सन् १९९४ यता नेपाललाई हालसम्म १०४९ वटा एम्बुलेन्स उपहार दिइसकेको छ। साथै, ३०० वटा स्कुल बस, २०० वटा निर्वाचन प्रयोजनका सवारी साधन र परराष्ट्र मन्त्रालयलाई हालै प्रदान गरिएका १५ वटा विद्युतीय गाडीहरू पनि भारतको सहयोगका उदाहरण हुन्।
भारत–नेपालबीचको बहुपक्षीय र समग्र विकास साझेदारीले दुई देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लगेको विश्वास व्यक्त गरिएको छ।
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
एकीकृत शैक्षिक क्यालेन्डर लागू गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्देशन
शुक्रबार, असार १२, २०८३
