नेपाल हेल्थ न्युज, काठमाडौं । हालै औषधी मूल्य नीति सुझाव समितिले स्वास्थ्य मन्त्रालयमा बुझाएको प्रतिवेदनबारे विभिन्न संघसंस्थाले विरोध जनाइरहेका बेला नेपाल फार्मेसी संघले भने यसलाई समयसापेक्ष कदम भन्दै स्वागत गरेको छ।
संघले आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै औषधीसम्बन्धी मूल्य नीति विकास गर्नु वर्तमान आवश्यकताको उपयुक्त जवाफ भएको जनाएको छ। संघका अनुसार प्रतिवेदनमा समेटिएका विषयवस्तुहरूले औषधिको गुणस्तर, मूल्य नियन्त्रण र आपूर्ति प्रणालीमा राज्यको भूमिका थप स्पष्ट पार्ने विश्वास गरिएको छ।
नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधी सेवा संवेदनशील क्षेत्र हो, विज्ञप्तिमा उल्लेख छ, त्यसैले यसमा सरकारले जिम्मेवार, प्रभावकारी र उत्तरदायी भूमिका निर्वाह गर्नु अपरिहार्य छ।
संघले प्रतिवेदनमाथि विभिन्न सरोकारवालाबाट आएका प्रतिक्रिया र सुझावहरूलाई गम्भीरतापूर्वक अध्ययन गरेर सकारात्मक रुपमा मूल्याङ्कन गरेको पनि जनाएको छ।
औषधी क्षेत्रमा देखिएको अनियमितता र मूल्यवृद्धिमा नियन्त्रण ल्याउने उद्देश्यसहित प्रतिवेदन आएको हुँदा यसको कार्यान्वयनमा पनि समान सहयोग र निगरानी आवश्यक हुने नेपाल फार्मेसी संघको भनाइ छ।

जनकपुरमा आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन अक्टोबर २–३ मा हुने
आइतबार, जेठ ३१, २०८३
काठमाडौं महानगरले साँघुरा सडकका लागि ‘बाइक एम्बुलेन्स’ सेवा ल्याउने तयारी
आइतबार, जेठ ३१, २०८३
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
आइतबार, जेठ ३१, २०८३
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३

