नेपाल हेल्थ न्युज, दाङ । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा डायलासिस मेसिन मर्मतका लागि लामो समयदेखि समस्या चलिरहेको छ। अस्पतालमा जम्मा १४ वटा डायलासिस मेसिनमध्ये पाँच वटा बिग्रिएका छन् र ती मेसिनहरू करिब एक वर्षदेखि मर्मत हुन सकेका छैनन्।
अस्पतालको डायलासिस विभाग प्रमुख लिना बडेलका अनुसार, मेसिन मर्मतका लागि काठमाडौंबाट इञ्जिनियर आउनुपर्ने भए पनि उनीहरूले पुरानो मोडल भएकाले मर्मत गर्न नआउने गरेका छन्। इञ्जिनियरहरूलाई बोलाइएको थियो, तर डिजाइन पुरानो भएको कारण आउन नमानेका हुन्, उहाँले बताउनुभयो।
मेसिन बिग्रिएपछि बिरामीहरूलाई डायलासिस सेवा पाउन गाह्रो भएको छ। घर नजिकै नै डायलासिस गर्न चाहने धेरैलाई अस्पतालले सेवा दिन नसकेको र कतिपयलाई घोराही, लमही, बुटवलसम्म जानुपर्ने अवस्था आएको छ। अहिले अस्पतालमा दैनिक करिब ७२ जना बिरामी डायलासिस सेवा लिइरहेका छन्।
यो अस्पतालमा दाङसहित सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, प्यूठान लगायतका जिल्लाबाट बिरामीहरू उपचारका लागि आउने गरेका छन्।
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
एकीकृत शैक्षिक क्यालेन्डर लागू गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्देशन
शुक्रबार, असार १२, २०८३
