नेपाल हेल्थ न्युज, काठमाडौं । आज देशभर २० औं ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको दिवस विभिन्न कार्यक्रममार्फत मनाइएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा आयोजित यस वर्षको कार्यक्रममा ज्येष्ठ नागरिकप्रतिको सम्मान, सुरक्षा र संरक्षणलाई विशेष प्राथमिकता दिइएको छ।
अन्तर्राष्ट्रिय सन्देशअनुसार, दीर्घकालीन सेवामा रहेका ज्येष्ठ नागरिकमाथि भइरहेको दुर्व्यवहारलाई तथ्यमा आधारित तथ्यांक र प्रभावकारी काममार्फत अन्त्य गर्न जोड दिइएको छ। नेपाल सरकारले तय गरेको राष्ट्रिय सन्देश छ –“ज्येष्ठ नागरिक विरुद्ध हुने दुर्व्यवहार अन्त्यका लागि तथ्यमा आधारित नीति र प्रभावकारी कार्य”।
यस सन्देशले समाजभित्र लुकेको समस्या उजागर गरी दीर्घकालीन समाधानतर्फ सरकार, सामाजिक संस्था र समुदायलाई अग्रसर गराउने लक्ष्य राखेको छ।
कार्यक्रममा सहभागी विज्ञ, सामाजिक अभियन्ता, गैरसरकारी संस्था प्रतिनिधि तथा ज्येष्ठ नागरिकहरूले वृद्धवृद्धामाथि ग्रामीण र शहरी क्षेत्रमा भइरहेका दुर्व्यवहार, उपेक्षा, अपमान, सम्पत्ति दुरुपयोग, पारिवारिक असहयोग र मानसिक यातनाका घटनाहरूलाई गम्भीरताका साथ समिक्षा गर्दै सरकारलाई तत्काल सुधारका लागि आह्वान गरेका छन्।
मन्त्रालयका अनुसार, देशभरका सातै प्रदेशमा जनचेतनामूलक कार्यक्रम, छलफल तथा सम्मान कार्यक्रमहरू आयोजना गरिएका छन्।
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असार १२, २०८३
एकीकृत शैक्षिक क्यालेन्डर लागू गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्देशन
शुक्रबार, असार १२, २०८३
