नेपाल हेल्थ न्युज, काठामाडौं । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘सबैलाई अलविदा, मलाई माफ गर्नुहोस्’ भन्ने सन्देश लेखेर अचानक सम्पर्कविहीन भएका चिकित्सक डा. केशव श्रेष्ठ काठमाडौंको बालाजु क्षेत्रको एक होटलमा सुरक्षित अवस्थामा फेला परेका छन्।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार, विशेष खोजी अभियानपछि डा. श्रेष्ठलाई प्रहरी टोलीले उद्धार गरी काठमाडौं प्रहरी कार्यालयमा ल्याएको हो। अब उनलाई आफन्तको जिम्मा लगाइने जानकारी दिइएको छ।
डा. श्रेष्ठ रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट हुन्। करिब १८ महिना अस्पतालमा कार्यरत रहेका उनले सामाजिक सञ्जालमा भावुक सन्देश लेखेपछि फोनसमेत अफ गरेका थिए। उनले आफ्नो पोष्टमा कार्यक्षेत्रमा असहयोग भएकाले मानसिक तनावमा परेको जनाएका थिए।
घटनापछि उनका सहकर्मी, साथीभाइ र प्रहरी सबैले गम्भीर रुपमा खोजी गरेका थिए। यतिबेला उनी सकुशल भेटिएकाले राहतको अनुभूति भएको धेरैले जनाएका छन्।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
