नेपाल हेल्थ न्युज, काठामाडौं । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘सबैलाई अलविदा, मलाई माफ गर्नुहोस्’ भन्ने सन्देश लेखेर अचानक सम्पर्कविहीन भएका चिकित्सक डा. केशव श्रेष्ठ काठमाडौंको बालाजु क्षेत्रको एक होटलमा सुरक्षित अवस्थामा फेला परेका छन्।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार, विशेष खोजी अभियानपछि डा. श्रेष्ठलाई प्रहरी टोलीले उद्धार गरी काठमाडौं प्रहरी कार्यालयमा ल्याएको हो। अब उनलाई आफन्तको जिम्मा लगाइने जानकारी दिइएको छ।
डा. श्रेष्ठ रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट हुन्। करिब १८ महिना अस्पतालमा कार्यरत रहेका उनले सामाजिक सञ्जालमा भावुक सन्देश लेखेपछि फोनसमेत अफ गरेका थिए। उनले आफ्नो पोष्टमा कार्यक्षेत्रमा असहयोग भएकाले मानसिक तनावमा परेको जनाएका थिए।
घटनापछि उनका सहकर्मी, साथीभाइ र प्रहरी सबैले गम्भीर रुपमा खोजी गरेका थिए। यतिबेला उनी सकुशल भेटिएकाले राहतको अनुभूति भएको धेरैले जनाएका छन्।
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
