नेपाल हेल्थ न्युज, काठामाडौं । नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्य अवस्था पहिलेभन्दा धेरै सुधार भएको छ। हाल उहाँ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ।
छातीमा सङ्क्रमण देखिएपछि करिब एक महिना अघिदेखि वैद्य अस्पतालमा भर्ना हुनु भएको थियो। महासचिव वैद्यकी छोरी चेतना शर्माका अनुसार, उहाँको उपचार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बसुन्धरा र शिक्षण अस्पतालमा गरी गरिएको हो।
शर्माका अनुसार, करिब १५ दिन सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार गरिएपछि अहिले उहाँको अवस्था सामान्य बन्दै गएको छ। अहिले वैद्यलाई सघन कक्षबाट वार्डमा सारिएको छ, र चिकित्सकहरूको निगरानीमा स्वास्थ्य लाभ गरिरहनुभएको छ।
प्रकाशित मिति: सोमबार, असार २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
