नेपाल हेल्थ न्युज, काठमाडौं । अब मुटु सम्बन्धी गम्भीर स्वास्थ्य समस्यामा परेका विपन्न नागरिकले तीन प्रदेशका १५ अस्पतालमा निःशुल्क सेवा पाउने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागमती, कोशी र लुम्बिनी प्रदेशका केही अस्पतालमार्फत यस्तो सेवा उपलब्ध गराउने निर्णय गरेको हो।
मन्त्रालयका अनुसार सेवा अन्तर्गत मुटुको महाधमनी शल्यक्रिया, पेसमेकर वा स्टेन्ट राख्ने प्रक्रिया, तथा भल्व पूर्ण रूपमा बिग्रिएमा उपचार खर्चमा सरकारबाट एक लाख रुपैयाँसम्मको सहुलियत दिइनेछ।
यद्यपि, यस्तो सेवा पाउनको लागि बिरामीले आफ्नो स्थायी ठेगाना रहेको वडाबाट सिफारिस लिएर सम्बन्धित अस्पतालमा सम्पर्क गर्नुपर्नेछ।
निःशुल्क मुटु उपचार सेवा दिने अस्पतालहरूको सूचीः
- बागमती प्रदेश
- वीर अस्पताल
- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज
- पाटन अस्पताल
- कान्ति बाल अस्पताल
- शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र
- मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्ज
- मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर
- चितवन मेडिकल कलेज, चितवन
- बयोदा अस्पताल, बल्खु
- धुलिखेल अस्पताल, काभ्रे
- भरतपुर अस्पताल, भरतपुर
कोशी प्रदेश :
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
- नोबेल मेडिकल कलेज, विराटनगर
- न्युरो कार्डियो मल्टिस्पेसियालिटी अस्पताल
लुम्बिनी प्रदेशः
- गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, बुटवल
प्रकाशित मिति: मंगलबार, असार ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
