नेपाल हेल्थ न्युज, काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिको सचिवालयले देशका चार प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि आवेदन खुला गरेको छ।
मन्त्रालयद्वारा सोमबार सार्वजनिक गरिएको सूचनाअनुसार पाटन, पोखरा, कर्णाली तथा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त गर्न प्रक्रिया अघि बढाइएको हो।
इच्छुक तथा योग्य उम्मेदवारलाई सात (७) दिनभित्र आवश्यक योग्यता प्रमाणपत्र, अनुभव विवरण तथा अन्य मागिएका कागजातहरू संलग्न गरी दरखास्त दिन मन्त्रालयले आह्वान गरेको छ।
सूचनामा भनिएको छ, यदि तोकिएको म्यादको अन्तिम दिन सार्वजनिक बिदा परेमा, त्यसको भोलिपल्टसम्म निवेदन दिन सकिनेछ।
स्वास्थ्य शिक्षाको नेतृत्वमा सुधार र नीतिगत अग्रसरता ल्याउने उद्देश्यले योग्य र अनुभवी नेतृत्वको खोजी भइरहेको मन्त्रालय स्रोतको भनाइ छ।








विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
