नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले देशका दुई प्रदेशमा रहेका १४ अस्पतालहरूबाट क्यान्सर रोगको उपचारमा विशेष सहुलियत दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिए अनुसार बागमती र कोशी प्रदेशमा रहेका अस्पतालहरूमा शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, औषधी, शय्या सेवा र प्रयोगशालासहितका सम्पूर्ण उपचारहरूमा एक लाख रुपैयाँसम्मको सुविधा उपलब्ध गराइनेछ।
यो सुविधा मुख्यतया आर्थिक रूपमा कमजोर वर्गका बिरामीहरूका लागि हो। लाभ लिनका लागि बिरामीले आफ्नो स्थायी ठेगानाको वडा कार्यालय र स्थानीय पालिकाबाट सिफारिस पत्र लिएर सम्बन्धित अस्पतालमा सम्पर्क गर्नु पर्नेछ।
सहभागी अस्पतालहरूको सूची
बागमती प्रदेशमा रहेका अस्पतालहरू
- वीर अस्पताल
- त्रिवि शिक्षण अस्पताल
- पाटन अस्पताल
- कान्ति बाल अस्पताल
- परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल
- निजामती कर्मचारी अस्पताल (मिनभवन)
- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन
- चितवन मेडिकल कलेज
- भक्तपुर क्यान्सर अस्पताल
- क्यान्सर केयर नेपाल, जाउलाखेल
- काठमाडौँ क्यान्सर सेन्टर, ताथली, भक्तपुर
- नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर
- धुलिखेल अस्पताल, काभ्रे
कोशी प्रदेश
- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
सरकारको यो पहलले उपचार खर्चका कारण समयमै सेवा नपाएका धेरै बिरामीहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बीपी क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान
बुधबार, असोज १४, २०८३
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनः सञ्चालनमा
बुधबार, असोज १४, २०८३
बिरामीको मृत्यु भएपछि बीपी प्रतिष्ठानमा तोडफोड
बुधबार, असोज १४, २०८३
डाेटी अस्पतालकाे शाैचालयमा स्वास्थ्यकर्मी मृत फेला
बुधबार, असोज १४, २०८३
सरकारी स्वास्थ्य संस्थाको ३०० मिटर वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक
बुधबार, असोज १४, २०८३ट्रेन्डिङ
