नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले देशका दुई प्रदेशमा रहेका १४ अस्पतालहरूबाट क्यान्सर रोगको उपचारमा विशेष सहुलियत दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिए अनुसार बागमती र कोशी प्रदेशमा रहेका अस्पतालहरूमा शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, औषधी, शय्या सेवा र प्रयोगशालासहितका सम्पूर्ण उपचारहरूमा एक लाख रुपैयाँसम्मको सुविधा उपलब्ध गराइनेछ।
यो सुविधा मुख्यतया आर्थिक रूपमा कमजोर वर्गका बिरामीहरूका लागि हो। लाभ लिनका लागि बिरामीले आफ्नो स्थायी ठेगानाको वडा कार्यालय र स्थानीय पालिकाबाट सिफारिस पत्र लिएर सम्बन्धित अस्पतालमा सम्पर्क गर्नु पर्नेछ।
सहभागी अस्पतालहरूको सूची
बागमती प्रदेशमा रहेका अस्पतालहरू
- वीर अस्पताल
- त्रिवि शिक्षण अस्पताल
- पाटन अस्पताल
- कान्ति बाल अस्पताल
- परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल
- निजामती कर्मचारी अस्पताल (मिनभवन)
- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन
- चितवन मेडिकल कलेज
- भक्तपुर क्यान्सर अस्पताल
- क्यान्सर केयर नेपाल, जाउलाखेल
- काठमाडौँ क्यान्सर सेन्टर, ताथली, भक्तपुर
- नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर
- धुलिखेल अस्पताल, काभ्रे
कोशी प्रदेश
- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
सरकारको यो पहलले उपचार खर्चका कारण समयमै सेवा नपाएका धेरै बिरामीहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२
निपाह भाइरसको सम्भावित जोखिमपछि सीमा नाकाहरूमा उच्च सतर्कता
शुक्रबार, माघ ९, २०८२ट्रेन्डिङ
