नेपाल हेल्थ न्युज, ओखलढुङ्गा । मोलुङ गाउँपालिका–६ स्थित श्रीचौरकी ३२ वर्षीया हीरा तामाङले एकैपटक तीन सन्तानलाई जन्म दिएपछि गाउँपालिकाले उहाँलाई तत्काल राहतस्वरूप ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।
शल्यक्रियामार्फत गत शुक्रबार तामाङले तिम्ल्याहा शिशु जन्माउनुभएको थियो। यस्तो दुर्लभ र संवेदनशील अवस्थालाई ध्यानमा राख्दै मोलुङ गाउँपालिकाले मातृत्वको साहस र सुरक्षित सुत्केरी सेवाप्रति सम्मान प्रकट गर्दै राहत उपलब्ध गराएको अध्यक्ष उत्तम राईले जानकारी दिनुभयो।
गाउँपालिकाका अनुसार आमाको स्वास्थ्य अवस्था, नवजात शिशुहरूको पोषण तथा स्याहारमा विशेष ध्यान दिइनेछ। श्रीचौर स्वास्थ्य चौकी र पालिकाको स्वास्थ्य शाखाले नियमित परीक्षण तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने भएका छन्।
हाल आमासहित तीनै जना शिशुको आवस्था स्वस्थ रहेको छ, भने पालिकाले गर्भवती, सुत्केरी, दीर्घरोगी, अपाङ्गता भएका नागरिक तथा आर्थिक रूपमा कमजोर वर्गका लागि निरन्तर रूपमा सहयोग गर्दै आएको जनाएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
