नेपाल हेल्थ न्युज, चितवन । चितवनमा उपचारका लागि आएका सात हजार नौसय उन्नानब्बे जनामध्ये सात जनामा औलो रोग देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर नियन्त्रण निरीक्षक राम केसीका अनुसार, पुष्टि भएका संक्रमितमध्ये अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति रहेका छन्।
गत आर्थिक वर्षमा यो रोग दश जनामा देखिएको थियो। संक्रमितहरू सबै १५ वर्षभन्दा माथिको उमेर समूहका छन्।
केसीका भनाइअनुसार औलो रोग एउटै प्रकारको लामखुट्टेले टोकेपछि सर्ने गर्दछ। यो रोग लागेमा निरन्तर वा एक दिन छाडेर ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, जाडो लाग्ने, शरीर काम्ने, पसिना आउनेजस्ता लक्षण देखिन्छन्।
नेपालमा देखा पर्ने औलोका परजीवीहरू मध्ये ७० देखि ८० प्रतिशतमा पी भाइभाक्स भन्ने परजीवी पाइन्छ भने विदेशबाट फर्किएकामा पी फाल्सिपारम भन्ने परजीवी देखिने गरेको छ।
हाल औलो रोग नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। लामखुट्टेले रोग सार्ने भएकाले घर वरिपरि फोहर जम्न नदिनु, खुला पानीका भाँडाहरू खाली राख्नु, र सुत्ने बेलामा झुल प्रयोग गर्नुजस्ता उपायहरू अवलम्बन गर्नुपर्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

