नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा सञ्चालित मेडिकल कलेज तथा शिक्षण प्रतिष्ठानहरूप्रति लक्षित गर्दै राष्ट्रिय चिकित्सक संघ नेपालले आवासीय चिकित्सकहरूका हकहितका लागि विशेष पहल स्वरूप नौ बुँदे मागपत्र सार्वजनिक गरेको छ।
संघका अध्यक्ष डा. विकास गौचन र महासचिव डा. सम्राट पराजुलीको संयुक्त हस्ताक्षरमा जारी अपिलमा आवासीय चिकित्सकलाई आठौँ तहको अधिकृत सरहको मासिक निर्वाह भत्ता उपलब्ध गराउन जोड दिइएको छ। साथै, चिकित्सकहरूको परिवारका लागि समेत स्वास्थ्य बीमाको सुनिश्चितता गर्नुपर्ने उल्लेख गरिएको छ।
संघले चिकित्सकहरूलाई अनिवार्य ‘फोर्स लिभ’ उपलब्ध गराउनु पर्ने, निःशुल्क आवासको व्यवस्था मिलाउनु पर्ने, अनुसन्धानका लागि छुट्टै बजेट छुट्याउनु पर्ने र मनोसामाजिक सहयोगका लागि हेल्पलाइन तथा परामर्श सेवा उपलब्ध गराउनुपर्ने माग अघि सारेको छ।
साथै, संघले मेडिकल कलेजहरूलाई विशेष सेवा क्षेत्रको रूपमा मान्यता दिई चिकित्सकहरूका लागि सुरक्षित कार्य वातावरण निर्माण गर्नुपर्ने र अस्पतालहरूमा हुने हिंसात्मक घटनाहरूमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने पनि बताएको छ।
त्यसैगरी, एमडीएमएस कार्यक्रम सञ्चालन गर्नुअघि प्रत्येक विभागमा कम्तीमा एकजना प्राध्यापक, एकजना सहप्राध्यापक र दुईजना उपप्राध्यापकको न्यूनतम व्यवस्था सुनिश्चित गर्नुपर्ने र त्यसपछि मात्र तहअनुसार सेवा सुविधा प्रदान गर्दै कार्यक्रम अघि बढाउनुपर्ने संघको माग छ।

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
