नेपाल हेल्थ न्युज, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभाले संस्थाको आगामी आर्थिक वर्षका लागि रु २ अर्ब ७४ करोड ४१ लाखको बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकले अस्पताल, शैक्षिक, अनुसन्धान र व्यवस्थापनका लागि आवश्यक नीति तथा कार्यक्रम पारित गरेको हो।
बैठकमा ४०० शय्याको अस्पताल निर्माणसम्बन्धी योजना अघि बढाउने निर्णय गरिनुका साथै ‘शिक्षक तथा कर्मचारी सेवा सुविधा सम्बन्धी नियमावली, २०७८’ मा केही संशोधनहरू गरिएको छ। साथै, प्रतिष्ठानको लोगो समेत परिवर्तन गर्ने निर्णय भएको छ।
प्रधानमन्त्री ओलीले नेपाललाई स्वास्थ्य विज्ञानको प्रारम्भिक केन्द्रको रूपमा वर्णन गर्दै प्रतिष्ठानलाई पूर्वाधार र जनशक्तिका हिसाबले सशक्त बनाउने आवश्यकता औंल्याउनुभयो। उहाँले निरोगी नेपाल अभियानलाई आत्मसात् गर्दै स्वास्थ्य क्षेत्रमा जनचेतना फैलाउने कार्यमा विज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको सक्रियता आवश्यक रहेको बताउनुभयो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा सहकुलपति प्रदीप पौडेलसहितको उपस्थितिमा उपकुलपति डा. विकास लामिछानेले गत पाँचौँ सिनेटबाट स्वीकृत ४०० शय्याको शिक्षण अस्पताल निर्माणको गुरुयोजना कार्यान्वयनमा रहेको जानकारी दिनुभयो।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

