नेपाल हेल्थ न्युज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई स्वास्थ्य विज्ञानको सुरुआती भूमि भन्दै यसको विकास सम्भव रहेको बताउनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभालाई सम्बोधन गर्दै उहाँले परम्परागत विधिहरूको समेत उपयोग गर्दै स्वास्थ्य क्षेत्रमा अगाडि बढ्न सकिने बताउनुभयो।
“नेपाल स्वास्थ्य विज्ञानको सुरुआत भएको भूमि हो, हामीले विकास गर्न सक्दैनौं भन्ने होइन,” उहाँले भन्नुभयो, “पुराना विधि र प्रविधिहरू पनि उपयोगी हुन सक्छन्, तिनलाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ।”
ओलीले प्रतिष्ठानलाई आर्थिक सबलता, भौतिक पूर्वाधार र दक्ष जनशक्तिका विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो। साथै, बिरामीको सङ्ख्या घटाउनेतर्फ पनि सरकारले विशेष ध्यान दिइरहेको बताउनुभयो।
प्रकाशित मिति: आइतबार, असार ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
