नेपाल हेल्थ न्युज, काठमाडौं । बिगत ९ महिनादेखि रिक्त रहेको आयुर्वेद चिकित्सा परिषदमा डा. श्याममणि अधिकारी नियुक्त हुनु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले रिक्त रहेको आयुर्वेद चिकित्सा परिषदको अध्यक्ष पदमा अधिकारीलाई नियुक्त गर्नुभएको हो ।
नेपाली स्वास्थ्य सेवा क्षेत्रमा ३३ वर्षभन्दा बढी समयदेखि क्रियाशील डा. अधिकारीले आयुर्वेद र जडीबुटीसम्बन्धी थुप्रै पुस्तकहरू प्रकाशित गर्दै यस क्षेत्रमा गहिरो योगदान पुर्याउँदै आउँनुभएको छ।
परिषदमा अन्य तीन सदस्यको पनि मनोनयन गरिएको छ, जसअन्तर्गत नरदेवी आयुर्वेद अस्पतालका डा. ऐश्वर्य श्रेष्ठ, दाङस्थित विजौरी प्रादेशिक आयुर्वेद चिकित्सालयका डा. प्रवेश श्रीवास्तव, र कीर्तिपुर आयुर्वेद क्याम्पसका प्राचार्य डा. शिवमंगल प्रसाद रहनुभएको छ।
यद्यपि परिषदका निर्वाचनमार्फत चयन हुने तीन पदहरू अझै रिक्त छन्, किनभने सम्बन्धित निर्वाचन प्रक्रिया सम्पन्न भइसकेको छैन भने मनोनयनतर्फको एक पद पनि खाली नै छ। नयाँ अध्यक्षसहितको नेतृत्वबाट नेपाली आयुर्वेद क्षेत्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
