नेपाल हेल्थ न्युज, अछाम । सुदूरपश्चिमको प्रमुख स्वास्थ्य सेवा केन्द्र बयलपाटा अस्पतालले जापान सरकारबाट स्वास्थ्य उपकरण प्राप्त गरेको छ। सोमबार आयोजित एक विशेष कार्यक्रममा जापानका कार्यवाहक राजदूत तमुरा ताकाहिरोले ती उपकरणहरू औपचारिक रूपमा अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गर्नुभयो।
बयलपाटा अस्पतालका सञ्चार संयोजक पूर्ण खड्काका अनुसार, जापानी सरकारबाट करिब ८९ लाख रुपैयाँ बराबरको उपकरण प्राप्त भएको हो। उहाँले बताएअनुसार, यो सहयोगले अस्पतालको सेवा गुणस्तरमा सुधार ल्याउनुका साथै ग्रामीण क्षेत्रमा बसोबास गर्ने बिरामीहरूलाई थप सहज, गुणस्तरीय सेवा दिन सहयोग पुग्नेछ।
अस्पताल अहिले सुदूरपश्चिम क्षेत्रका लागि एक महत्वपूर्ण स्वास्थ्य केन्द्रका रूपमा परिचित छ, जहाँ दैनिक सयौं बिरामी उपचारका लागि आउने गर्दछन्। पछिल्लो समय आर्थिक चुनौतीहरूका कारण सेवा प्रवाहमा केही अवरोध देखिए पनि प्रदेश सरकारले यस संस्थालाई प्राथमिकतामा राख्दै सहयोगको प्रतिबद्धता जनाएको छ।
जापानी सहयोगले आगामी दिनमा अस्पतालको कार्यदक्षता र सेवा पहुँचमा सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ।
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
