नेपाल हेल्थ न्युज, अछाम । सुदूरपश्चिमको प्रमुख स्वास्थ्य सेवा केन्द्र बयलपाटा अस्पतालले जापान सरकारबाट स्वास्थ्य उपकरण प्राप्त गरेको छ। सोमबार आयोजित एक विशेष कार्यक्रममा जापानका कार्यवाहक राजदूत तमुरा ताकाहिरोले ती उपकरणहरू औपचारिक रूपमा अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गर्नुभयो।
बयलपाटा अस्पतालका सञ्चार संयोजक पूर्ण खड्काका अनुसार, जापानी सरकारबाट करिब ८९ लाख रुपैयाँ बराबरको उपकरण प्राप्त भएको हो। उहाँले बताएअनुसार, यो सहयोगले अस्पतालको सेवा गुणस्तरमा सुधार ल्याउनुका साथै ग्रामीण क्षेत्रमा बसोबास गर्ने बिरामीहरूलाई थप सहज, गुणस्तरीय सेवा दिन सहयोग पुग्नेछ।
अस्पताल अहिले सुदूरपश्चिम क्षेत्रका लागि एक महत्वपूर्ण स्वास्थ्य केन्द्रका रूपमा परिचित छ, जहाँ दैनिक सयौं बिरामी उपचारका लागि आउने गर्दछन्। पछिल्लो समय आर्थिक चुनौतीहरूका कारण सेवा प्रवाहमा केही अवरोध देखिए पनि प्रदेश सरकारले यस संस्थालाई प्राथमिकतामा राख्दै सहयोगको प्रतिबद्धता जनाएको छ।
जापानी सहयोगले आगामी दिनमा अस्पतालको कार्यदक्षता र सेवा पहुँचमा सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
