नेपाल हेल्थ न्यूज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले थाइल्याण्डमा सक्रिय नेपाली स्वास्थ्यकर्मी, नीति निर्माता, बौद्धिक व्यक्तित्व तथा मेडिकल अध्ययनरत विद्यार्थीहरूसँग अन्तरक्रिया गरी नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि थाइल्याण्डको अनुभवबाट सिक्न सकिने उपायहरूमा सुझाव संकलन गर्नुभएको छ।
जनसंख्या नीतिसम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बैंकक आइपुग्नुभएका मन्त्री पौडेलले नेपाली राजदूतावासको आयोजनामा आयोजित कार्यक्रममा स्वास्थ्य उपचार प्रणाली, मेडिकल शिक्षा र स्वास्थ्य बीमा थाइल्याण्डको अभ्यासबारे नेपाली समुदायसँग विस्तृत छलफल गर्नुभयो।
मन्त्री पौडेलले भन्नुभयो, हामी अहिलेकै स्रोतमा सुधार गरेर नागरिकलाई बढी र गुणस्तरीय सेवा दिन प्रयत्नशील छौं। तपाईंहरूको अनुभव हाम्रा लागि उपयोगी बन्न सक्छ।
उहाँले हाल मन्त्रालयले स्वास्थ्य सेवा सुधार र विस्तारसँगै स्वास्थ्य बीमामा नीतिगत सुधारका निर्णय कार्यान्वयन गरिरहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा नेपाली राजदूत धनप्रसाद ओलीले थाइल्याण्डमा चिकित्सा शिक्षा, अभ्यास र नीति निर्माण क्षेत्रमा संलग्न नेपालीहरूसँग अनुभव आदानप्रदानले आगामी दिनमा थप सम्भावना र सहकार्यको बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो।
अन्र्तक्रियामा सहभागी भएका स्वास्थ्य सेवा प्रदायक एप निर्माणमा संलग्न नेपालीहरुले आफ्नो सेवा स्वदेशमा विस्तार गर्न तयार रहेको बताएका छन्। साथै, स्वास्थ्य बीमा क्षेत्रमा जानकार नेपालीहरुले थाइल्याण्डको अभ्यासबारे जानकारी प्रस्तुत गरेका थिए।
मन्त्री पौडेलले संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय बैठकमा नेपालको तर्फबाट सम्बोधन र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ। साथै, उहाँले थाइल्याण्डमा रहेका गैरआवासीय नेपालीहरूसँग पनि छुट्टै अन्तरक्रिया गर्ने उहाँको सचिवालयले जानकारी दिएको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
