नेपाल हेल्थ न्युज, पोखरा । पोखरा विश्वविद्यालयले स्वास्थ्य विज्ञान संकायमा विभिन्न पदमा १५ जना कर्मचारीको माग गरेको छ। विश्वविद्यालयले जारी गरेको सूचनाअनुसार गाइनेकोलोजी, अर्थोपेडिक, डर्माटोलोजी, मेडिसिन, बायोमेडिकल, नर्सिङ लगायतका समूहका लागि योग्य र इच्छुक व्यक्तिहरूबाट दरखास्त आह्वान गरिएको हो।
खाली पदहरू विश्वविद्यालयको शिक्षण तथा स्वास्थ्य सेवासम्बन्धी कार्य सुदृढ गर्नका लागि आवश्यक पर्ने जनशक्ति पूर्तिका लागि माग गरिएको हो। योग्यता, अनुभव तथा तोकिएका मापदण्ड पूरा गर्ने उम्मेदवारहरूले साउन ४ गतेभित्र आवेदन दिन सक्नेछन्।
विस्तृत विवरण र आवेदन प्रक्रिया पोखरा विश्वविद्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ। इच्छुक उम्मेदवारहरूले तोकिएको समयभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
