नेपाल हेल्थ न्युज, काठमाडौं । प्रस्तावित संगठन तथा व्यवस्थापन निर्देशिकामा (ओएनएम) रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टहरूको समावेश नगरेको विरोधमा सुरु भएको आन्दोलन बुधबार सातौँ दिनमा प्रवेश गरेको छ।
सरकारी रेडियोग्राफी संघका अध्यक्ष दामोदर रोक्काले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निष्क्रियता र चुप्पीप्रति गम्भीर आपत्ति जनाउँदै अब चरणबद्ध रूपमा सेवा अवरुद्ध गर्ने चेतावनी दिनुभएको छ। उहाँले भन्नुभयो, ‘हिजो मात्रै सयौँ रेडियोग्राफर तथा टेक्नोलोजिस्टले माइतीघर मण्डलामा भेला भई आवाज बुलन्द गरेका थियौँ।’
अध्यक्ष रोक्काका अनुसार आन्दोलनको आगामी रणनीति तय गर्न बिहीबार बिहान विशेष बैठक बोलाइएको छ। बैठकले अत्यावश्यकबाहेकका सबै सेवामा अस्थायी अवरोध गर्ने निर्णय लिन सक्ने संकेत दिनुभएको छ।
‘रेडियोग्राफी सेवा स्वास्थ्य प्रणालीको मेरुदण्ड हो,’ रोक्काले भन्नुभयो, ‘तर मन्त्रालयले हाम्रो भूमिका, पदसंचरना र भविष्यप्रति बेवास्ता गरिरहेको छ, जुन हामीलाई स्वीकार्य छैन।’
आन्दोलनरत पक्षले प्रस्तावित ओएनएममा रेडियोग्राफर र टेक्नोलोजिस्टहरूको यथोचित समावेश, कार्यभारअनुसार दरबन्दी पुनरावलोकन, तथा योग्यताका आधारमा रेडियोग्राफी विभागलाई अस्पतालमा स्वतन्त्र र सक्षम रूपमा स्थापना गर्नुपर्ने माग राखेका छन्।
अध्यक्ष रोक्काले वार्ता र सहमतिको बाटो खुला राखेको जनाउँदै भन्नुभयो, ‘मन्त्रालयको निरन्तर मौनता अब असह्य बन्दै गएको छ। यदि समयमै समाधान भएन भने सेवा अवरुद्धको सम्पूर्ण जिम्मेवारी मन्त्रालयले लिनुपर्नेछ।’यो आन्दोलनमा विभिन्न पेशागत संघसंस्था, नागरिक समाज र स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले पनि ऐक्यबद्धता जनाइरहेका छन्।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
