नेपाल हेल्थ न्युज, सिरहा । सिरहाको गोलबजार नगरपालिका–१० ले स्थानीय तहमा क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सवारीसाधन उपलब्ध गराउँदै स्वास्थ्य सेवा प्रभावकारी बनाउने प्रयास थालेको छ। हालै वडाको तर्फबाट आयोजित एक कार्यक्रममा पाँच जना स्वयंसेविकालाई साइकल वितरण गरिएको छ।
समारोहमा जिल्ला समन्वय समितिका उपसभापति दिलीप लामाले स्वयंसेविकाहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै यस्ता पहल अन्य वडाले पनि अनुसरण गर्नुपर्ने बताउनुभयो। “स्वास्थ्य क्षेत्रको पहुँचलाई सुदृढ बनाउने यो कदम प्रेरणादायी छ,” उहाँले भन्नुभयो।
वडाध्यक्ष उपेन्द्रकुमार मुखियाका अनुसार, स्वयंसेविकाहरूलाई सेवाको क्रममा दैनिक लामो दूरी हिँड्नुपर्ने बाध्यता थियो। “अब साइकलको सहायताले उनीहरूको सेवा यात्रा सहज र छरितो हुनेछ,” उहाँले स्पष्ट पार्नुभयो।
साइकल पाएपछि महिला स्वास्थ्य स्वयंसेविकाहरूमा उत्साह थपिएको देखिएको छ। स्वयंसेविकाहरूमध्ये एक निमा लामाले भन्नुहुन्छ, “समुदायसम्म समयमै पुग्न अब सजिलो हुने छ, काममा ढिलाइ हुने समस्या हट्नेछ।” अर्की स्वयंसेविका पुजन थापाले भन्नुहुन्छ, “यो सहयोगले हामीलाई अझ जिम्मेवार बनाएको छ र हाम्रो मिहिनेतलाई सम्मान गरिएको महसुस भएको छ।”
स्वास्थ्य पहुँचलाई समुदायमै सशक्त रूपमा पुर्याउने उद्देश्यले गरिएको यो प्रयासले स्थानीय सेवा प्रणालीलाई थप सबल बनाउने विश्वास लिइएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
