नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालु आर्थिक वर्षमा खर्च नभएको अनुदान रकम फिर्ता गर्न सबै सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले अस्पताल, प्रतिष्ठान, समितिहरू, बोर्ड, परिषद् तथा केन्द्रहरूलाई निःशर्त बाहेकका अनुदान खर्च नभएको अवस्थामा ती रकम चालु आर्थिक वर्षभित्रै सरकारलाई फिर्ता गर्न सूचित गरेको हो।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी नियमावलीको नियम ७९ को उपनियम ३ मा पनि निःशर्त बाहेकका अनुदान खर्च नभएमा त्यसलाई फिर्ता गर्नुपर्ने व्यवस्था उल्लेख छ।
मन्त्रालयका लेखा उपसचिव गोपी चन्द्र भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि कोष तथा लेखा नियन्त्रण कार्यालयबाट चालु आव २०८१र८२ मा निकासा भइसकेका तर खर्च नभएका रकम सम्बन्धित कार्यालयसँग समन्वय गरी सोही आर्थिक वर्षभित्र सरकारलाई फिर्ता पठाउनु पर्नेछ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
