नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि वीर अस्पतालमा भर्ना गरिएको छ।अस्पताल स्रोतका अनुसार, मन्त्री पौडेललाई शनिबार ज्वरो आउने लक्षण देखिएपछि उहाँलाई तुरुन्तै अस्पताल लगिएको हो।
उहाँको वीर अस्पतालको पुरानो भवनमा भीभीआईपी वार्डमा उपचार भइरहेको छ। स्वास्थ्य परीक्षणहरू जारी रहेको अस्पताल स्रोतले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार, उहाँको अवस्था गम्भीर नभए पनि सतर्कताका साथ स्वास्थ्य निगरानी गरिँदै छ।
मन्त्री पौडेलको स्वास्थ्यमा सुधार आइरहेको चिकित्सकहरूको प्रारम्भिक मूल्यांकन रहेको बताइएको छ। यद्यपि, विस्तृत परीक्षण रिपोर्ट आउन बाँकी रहेको र त्यसपछि मात्रै यकिन ढंगले केही भन्न सकिने चिकित्सकहरूले बताउनुभएको छ।
यसबीच, मन्त्रालयका स्रोतहरूले मन्त्री पौडेलको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता नगर्न आग्रह गरेका छन् । “उहाँको अवस्था स्थिर छ, पूर्ण विश्राममा रहनु पर्ने सिफारिस गरिएको छ,” एक अधिकारीले जानकारी दिनुभयो।
मन्त्री पौडेल केही दिनदेखि व्यस्त तालिकामा रहनुभएको थियो र निरन्तर कामको दवावका कारण स्वास्थ्यमा असर परेको अनुमान गरिएको छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
