नेपाल हेल्थ न्युज, म्याग्दी । पक्की पूर्वाधारसहितको सेवा विस्तारपछि म्याग्दीको बेनी अस्पतालले नयाँ भवनबाट स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ। दश वर्षअघिको स्तरोन्नति र क्षमता विस्तारको योजनालाई मूर्तरूप दिँदै, अस्पतालले ५० शय्याको सुविधायुक्त संरचना निर्माण गरी सेवा सुरु गरेको हो।
२०७२ सालमा १५ शय्याबाट स्तरोन्नति भएको अस्पताल अस्थायी संरचनाबाट सेवा दिँदै आएको थियो। अब भने अस्पतालको सेवा नयाँ पक्की भवनबाट औपचारिक रूपमा सुरू गरिएको जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिनुभयो।
उहाँका अनुसार, हाल अन्तरङ्ग विभागको सेवा नयाँ भवनमा सारिएको छ भने बाँकी सेवा पनि चाँडै सार्ने तयारी भइरहेको छ।
पुरानो बहिरङ्ग विभागको भवन २०७४ मा भत्काइएपछि अस्थायी संरचना प्रयोग गर्दै सेवा प्रवाह हुँदै आएको थियो। पक्की भवन निर्माणको जिम्मा महादेव खिम्ती–गल्वा–रफिना जेभी र सहरी विकास तथा भवन आयोजना बागलुङले लिनुभएको थियो। यो कार्यका लागि २०७३ मङ्सिर २१ गते ठेक्का सम्झौता भएको थियो, जसको लागत करीब १८ करोड ८४ लाख रुपैयाँ थियो।
योजना अनुसार २०७६ मङ्सिर २० गते निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भए पनि विभिन्न कारणले ढिलाइ भएको थियो। हाल भवन निर्माणको करिब ९५ प्रतिशत काम सकिएको आयोजनाका इञ्जिनियर वीरबल सुनारले जानकारी दिनुभएको छ।
हाल भवनको अन्तिम चरणको काम—सरसफाइ, झ्यालढोका जडान, टायल, रङरोगन, विद्युत तथा पानीको जडानलगायत—समाप्त हुनै लागेका छन्। साथै, अस्पताल वरिपरिका करिब पाँच सय मिटर सडक कालोपत्रे गर्ने कार्य बाँकी रहेको जनाइएको छ।
कुल ४,९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका चार तले तीनवटा भवनले बेनी अस्पतालको सेवा क्षमता र गुणस्तरमा महत्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

