नेपाल हेल्थ न्युज, झापा । झापा जिल्लामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप पुगेको छ। स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीका अनुसार खोप नयाँ तालिकाअनुसार लक्षित समूहलाई दिइनेछ।
उहाँले जनाएअनुसार, खोप वितरणका लागि स्थानीय तहहरूसँग समन्वय भइरहेको छ र तालिका अनुसार कार्यक्रम अघि बढाइनेछ। नयाँ योजना अनुसार, रोग प्रतिरोध क्षमता कम भएका पाँच वर्षभन्दा माथिका बालबालिका, वयस्क तथा वृद्ध नागरिकलाई उच्च प्राथमिकतामा राखिएको छ।
त्यस्तै, स्वास्थ्यकर्मी, बिरामीसँग प्रत्यक्ष सम्पर्कमा आउने व्यक्ति, गर्भवती महिला, १२ वर्ष वा सोभन्दा माथिको उमेर समूह, र पाँचदेखि ११ वर्ष उमेरका अन्य बालबालिकालाई समेत खोप दिइनेछ।
हालसम्म जिल्लामा आठजना कोभिड सङ्क्रमित फेला परेका छन्। तीमध्ये पाँचजना झापाका हुन् भने बाँकी मोरङ, इलाम र दोलखा जिल्लाका हुन्।
सङ्क्रमण बढ्न थालेपछि काँकरभिट्टा नाकामा कोभिड परीक्षण सुरु गरिएको छ। मेचीनगर नगरपालिकाअन्तर्गत पर्ने यस नाकामा परीक्षणका लागि तीन जना स्वास्थ्यकर्मी खटाइएको प्रमुख बाराकोटीले जानकारी दिनुभयो। यद्यपि, गम्भीर प्रकृतिका बिरामीलाई कहाँ राख्ने भन्ने विषयमा अझै स्पष्टता नभएको उहाँले उल्लेख गर्नुभयो।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
