नेपाल हेल्थ न्यूज, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ का लागि स्वास्थ्यकर्मीहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम समयमै पेश गर्न सम्बन्धित विभाग, अस्पताल तथा मातहतका कार्यालयहरूलाई निर्देशन दिएको छ।
मन्त्रालयले नेपाल स्वास्थ्य सेवा ऐन तथा नियमावली, २०५५ को अनुसूची–१७ बमोजिमको ढाँचा अनिवार्य रूपमा अपनाउनुपर्ने जनाएको छ। सो अनुसार, नियम ७१ अन्तर्गत तोकिएको कार्यसम्पादन मूल्याङ्कन फाराम तयार गरी आवश्यक मूल्याङ्कन प्रक्रियासहित तोकिएको ढाँचामा मन्त्रालयमा पेश गर्न निर्देशन दिइएको हो।
मन्त्रालयले सम्बन्धित निकायहरूलाई तोकिएको म्यादभित्रै फाराम पेश गर्न र प्रक्रिया सुचारु ढंगले सम्पन्न गर्न विशेष ध्यान दिन पनि आग्रह गरेको छ।
प्रकाशित मिति: बुधबार, असार १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त
शुक्रबार, साउन २२, २०८३ट्रेन्डिङ
