नेपाल हेल्थ न्युज, काठमाडौं । क्षयरोग नियन्त्रणसम्बन्धी रणनीति निर्माण र सल्लाह प्रदान गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एशिया क्षेत्रका लागि गठन गरिएको प्राविधिक सल्लाहकार समूहमा नेपालका वरिष्ठ स्वास्थ्य विज्ञ डा. राजेन्द्रप्रसाद पन्त सदस्यका रूपमा नियुक्त हुनुभएको छ।
उहाँलाई दुई वर्षका लागि मनोनयन गरिएको हो, जसको कार्यकाल जुलाई १ देखि प्रारम्भ भएको छ। यो सल्लाहकार समूहले ट्युवरक्लोसिस नियन्त्रणका क्षेत्रमा नीति निर्माण, कार्यक्रम योजना र कार्यान्वयनसँग सम्बन्धित सुझावहरू प्रदान गर्ने जिम्मेवारी वहन गर्नेछ।
क्षेत्रीय सन्दर्भमा विशेषज्ञताको प्रयोग गर्न डब्लुएचओले दक्षिणपूर्वी एशियाली मुलुकहरूबाट ११ जना विज्ञहरू छनोट गरेको छ। तीमध्येबाट एक जनालाई अध्यक्ष र अर्को जनालाई सह–अध्यक्षका रूपमा जिम्मेवारी दिइने योजना छ।
डा. पन्त पूर्वमा नेपाल सरकारअन्तर्गत स्वास्थ्य सेवा विभागको महानिर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्यो। साथै, उहाँले लामो समय राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकको रूपमा नेतृत्व दिनुभएको थियो। क्षयरोग नियन्त्रणमा उहाँको दीर्घ अनुभव र योगदानका कारण उहाँ अन्तर्राष्ट्रिय स्तरको यो उच्च सल्लाहकार निकायमा चयन हुन सफल हुनुभएको हो।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
