नेपाल हेल्थ न्युज, काठमाडौं । मलेसियामा रोजगारीमा रहेका नेपाली सुरक्षागार्डहरूमा मिर्गौला सम्बन्धी समस्या उल्लेखनीय रूपमा देखिन थालेपछि यसको भन्दै यसको अध्ययन हुने भएको छ । नेपाली श्रमिकमध्ये सुरक्षागार्ड वर्गमा यो समस्या बढी देखिएकाले अन्तर्राष्ट्रियस्तरबाट अनुसन्धान हुने तय भएको हो।
बेलायतको बोर्नमाउथ विश्वविद्यालय, मलेसियाको मलाया विश्वविद्यालय तथा नोर्थ साउथ इन्स्टिच्युटले संयुक्त रूपमा अध्ययन गर्ने तयारी गरेका छन्। मलेसियास्थित नेपाली राजदूत नेत्र तिम्सिनाका अनुसार, यस अध्ययनमा त्यहाँका ट्रेड युनियन तथा नेपाली श्रमिक संघहरूको पनि सहभागिता रहनेछ।
राजदूत तिम्सिनाले जानकारी दिएअनुसार, नेपाली सुरक्षागार्डहरूमा मिर्गौला रोगको दर किन उच्च देखिएको हो भन्ने पत्ता लगाउने र रोग रोकथामका लागि आवश्यक नीति र उपायहरू सुझाव दिने उद्देश्यसहित अध्ययन अगाडि बढाइएको हो।
अनुसन्धानको निष्कर्षले नेपाली श्रमिकको स्वास्थ्यमा सकारात्मक असर पार्ने भएकाले आवश्यक सहयोग र समन्वयका लागि नेपाली दूतावास प्रतिबद्ध रहने तिम्सिनाले बताउनुभएको छ ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
