नेपाल हेल्थ न्युज, सङ्खुवासभा । खाँदबारी नगरपालिका–३, मानेभञ्ज्याङस्थित पांमा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी खाँदबारी नगरपालिकाले १५ शय्याको नगर अस्पताल स्थापना गरी सेवा प्रदान गर्न थालेको छ।
नगरपालिकाले ‘एक स्थानीय तह, एक अस्पताल’ भन्ने अवधारणालाई मूर्तरूप दिँदै नयाँ अस्पताल सञ्चालनमा ल्याएको हो। करिब रु तीन करोड ७३ लाख ५१ हजारको लागतमा अस्पताल भवन निर्माण कार्य सम्पन्न भएपछि बुधबारदेखि सेवा सञ्चालनमा आएको हो।
कोशी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री राजेन्द्र कार्की, नगर प्रमुख महेश थपलिया, प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेल लगायत स्थानीय गणमान्यहरूको उपस्थितिमा अस्पतालको औपचारिक उद्घाटन गरिएको छ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री कार्कीले अस्पतालमा आवश्यक सामग्री उपलब्ध गराउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। नगरप्रमुख थपलियाले साउन महिनादेखि मेडिकल अधिकृतसहितको स्वास्थ्य जनशक्ति स्थायी रूपमा परिचालन गरिने जानकारी दिनुभएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
