नेपाल हेल्थ न्युज, काठमाडौं । देशभर औषधि आपूर्तिसम्बन्धी गुनासोहरू बढेपछि प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिले नेपाल औषधि लिमिटेडको स्थलगत अवलोकन गरेको छ। अनुगमनको उद्देश्य संस्था सञ्चालनको अवस्था, उत्पादन क्षमताको स्थिति, कच्चा पदार्थको पहुँच र सरकारी नीति तथा सहयोगको प्रभावबारे प्रत्यक्ष जानकारी लिनु रहेको थियो।
समितिका सभापति अब्दुल खानका अनुसार, औषधि लिमिटेडसँग आवश्यक प्राविधिक स्रोत, जनशक्ति र पूर्वाधार हुँदाहुँदै पनि सरकारी निकायहरूले नै औषधि खरिद नगर्ने प्रवृत्तिका कारण उत्पादन प्रभावित भइरहेको पाइएको छ।
लिमिटेडले हाल ११ प्रकारका औषधि मात्र उत्पादन गरिरहेको छ। कच्चा पदार्थ आयातमा जटिलता, आर्थिक स्रोतको अभाव र सरकारी तवरबाट उपेक्षा हुनु यसका मुख्य कारण हुन्।
सभापति खानले जनाएअनुसार, उपयुक्त स्रोतको व्यवस्थापन र आयात प्रक्रियामा सहजीकरण गरिएमा संस्था ९८ प्रकारका औषधि उत्पादन गर्न सक्षम हुने जानकारी प्राप्त भएको छ।
सरकारी कार्यालयहरूले निजी क्षेत्रबाट औषधि खरिद गरी वितरण गरिरहे पनि स्वदेशी सरकारी निकायबाट उपलब्ध औषधिलाई प्राथमिकता नदिएको गुनासो आएको उहाँले बताउनुभयो।
जनतालाई औषधि नपाएको उजुरीहरूका आधारमा अनुगमन गरिएको र अब समितिमा छलफल गरी सम्बन्धित निकायलाई सिफारिस गरिने उहाँले उल्लेख गर्नुभयो।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
