नेपाल हेल्थ न्युज, काठमाडौं । आगामी साउन १ गतेदेखि स्वास्थ्य बीमामा आबद्ध व्यक्तिहरूले देशभरका जुनसुकै अधिकृत सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने भएका छन्।
स्वास्थ्य बीमा बोर्डले बीमितलाई सेवा लिन सहज बनाउने उद्देश्यले यस्तो निर्णय लिएको हो। पहिले बीमितले तोकिएको एउटै स्वास्थ्य संस्थाबाट मात्र सेवा लिनुपर्ने बाध्यता थियो। तर, हालै स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली, २०७५ मा भएको संशोधनपछि यो व्यवस्था परिवर्तन गरिएको हो।
अबदेखि बीमितहरूले पहिलो सम्पर्क बिन्दुको रूपमा स्वीकृति पाएका कुनै पनि स्वास्थ्य संस्थाबाट उपचार सेवा लिन सक्नेछन्। नयाँ आर्थिक वर्ष २०८२/८३ सुरू हुने दिनदेखि लागू हुने यो निर्णयले धेरै नागरिकलाई सेवा लिन सहज बनाउने अपेक्षा गरिएको छ। बोर्डका अनुसार यसले गुनासो समाधान गर्ने र सेवा प्रणालीलाई सरल बनाउने उद्देश्य राखिएको छ।

विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
