नेपाल हेल्थ न्युज, काठमाडौं । आगामी साउन १ गतेदेखि स्वास्थ्य बीमामा आबद्ध व्यक्तिहरूले देशभरका जुनसुकै अधिकृत सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने भएका छन्।
स्वास्थ्य बीमा बोर्डले बीमितलाई सेवा लिन सहज बनाउने उद्देश्यले यस्तो निर्णय लिएको हो। पहिले बीमितले तोकिएको एउटै स्वास्थ्य संस्थाबाट मात्र सेवा लिनुपर्ने बाध्यता थियो। तर, हालै स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली, २०७५ मा भएको संशोधनपछि यो व्यवस्था परिवर्तन गरिएको हो।
अबदेखि बीमितहरूले पहिलो सम्पर्क बिन्दुको रूपमा स्वीकृति पाएका कुनै पनि स्वास्थ्य संस्थाबाट उपचार सेवा लिन सक्नेछन्। नयाँ आर्थिक वर्ष २०८२/८३ सुरू हुने दिनदेखि लागू हुने यो निर्णयले धेरै नागरिकलाई सेवा लिन सहज बनाउने अपेक्षा गरिएको छ। बोर्डका अनुसार यसले गुनासो समाधान गर्ने र सेवा प्रणालीलाई सरल बनाउने उद्देश्य राखिएको छ।

इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
