नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले हालै सम्पन्न भएको नर्सिङ परीक्षा परिणामहरू सार्वजनिक गरेको छ। परिषद्को सूचनाअनुसार, असार १७ र १८ गते सञ्चालन गरिएका परीक्षाका नतिजा आज औपचारिक रूपमा प्रकाशित भएका हुन्।
यसपटक सार्वजनिक भएको नतिजामा पिसिएल नर्सिङ, बीएससी नर्सिङ, बीएमएस र विशेषज्ञ नर्स तहका परीक्षार्थीहरू समावेश छन्। नतिजा हेर्न चाहने परीक्षार्थीहरूले परिषद्को वेबसाइट Application.nnc.org.np मा लगइन गरेर वा परिषद्को बाँसबारीस्थित कार्यालयमा रहेका सूचना पाटीमा जानकारी प्राप्त गर्न सक्छन्।
परीक्षामा सफल भएका उम्मेदवारहरूले नाम दर्ता प्रमाणपत्रका लागि रु. २,००० बुझाएर निवेदन दिन सक्नेछन्। प्रमाणपत्र लिन जाने क्रममा, नागरिकताको सक्कल प्रति, परीक्षाको प्रवेशपत्र, र आवेदन दिँदा पेश गरिएका सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरूको सक्कल प्रति अनिवार्यरूपमा साथमा लैजानुपर्नेछ।
परिषद्ले असार २२ गतेदेखि विभिन्न तहअनुसार फरक समय निर्धारण गरी प्रमाणपत्र वितरणको तालिका पनि सार्वजनिक गरिसकेको छ। प्रमाणपत्र वितरण सम्बन्धी थप विवरण परिषद्को वेबसाइट वा कार्यालयमार्फत थाहा पाउन सकिन्छ।
यदि कुनै परीक्षार्थीले नतिजा सन्तोषजनक नभएको ठानेमा, नतिजा प्रकाशित भएको मितिले ३५ दिनभित्र पुनरावलोकनका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालयमा रूपान्तरण गर्न माग
शुक्रबार, असार ५, २०८३
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
शुक्रबार, असार ५, २०८३
दुई चिकित्सकसहित पाँच जना पक्राउ
शुक्रबार, असार ५, २०८३

