नेपाल हेल्थ न्युज, काठमाडौं । हालका दिनमा नेपालमा कोभिड–१९ को संक्रमण विस्तारै फैलिन थालेको देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कअनुसार, २०८१ पुस १७ देखि २०८२ असार १९ गतेसम्म मुलुकका ३१ जिल्लामा कोरोनाको पुष्टि भएको छ।
यो अवधिमा जम्मा २४९ जनामा संक्रमण भेटिएको छ। पछिल्ला सात दिनमा मात्र ३५ नयाँ संक्रमित भेटिएका छन् भने पछिल्लो २४ घण्टामा थप तीन जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। यसबीचमा एक जनाले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संक्रमणको जोखिमलाई ध्यानमा राख्दै मुलुकभरका १७ वटा प्रमुख सीमा नाकामा हेल्थ डेस्कमार्फत निगरानी कडा बनाएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, सबै नाकामा आरडिटी परीक्षणको व्यवस्था गरिएको छ।
सरकारले जनतालाई मास्क लगाउने, नियमित रूपमा हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने जस्ता सावधानी अपनाउन अनुरोध गरेको छ। साथै, प्रभावित क्षेत्रबाट आएका वा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिलाई स्वेच्छिक क्वारेन्टिन वा आइसोलेसनमा बस्न आग्रह गरिएको छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
