नेपाल हेल्थ न्युज, दाङ । नेपाल हेल्थ न्युज, दाङ । सुत्केरी गराउन भनेर दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार बिहान करिब ४ बजे भर्ना गरिएकी घोराही उपमहानगरपालिका–१८ की २१ वर्षीया गुड्डी सुनारको अप्रत्याशित मृत्यु भएपछि अस्पताल परिसरमा तनावको अवस्था सिर्जना भएको छ।
प्रारम्भिक रूपमा सामान्य रूपमा सुत्केरी हुने अपेक्षा गरिए पनि, दिउँसो १२ बजेतिर अपरेशन गरेर शिशु जन्माइएको थियो। तर, अपरेशनपछि केही घण्टामै सुनारको मृत्यु भएपछि परिवार शोकाकुल बन्न पुगेका हुन्। उनीहरूले चिकित्सकको लापरवाहीले ज्यान गएको आरोप लगाउँदै विरोध प्रदर्शन समेत गरेका छन्।
अस्पताल प्रशासनका अनुसार, आक्रोशित आफन्तहरूले अपरेशन कक्षमा प्रवेश गरेर केही चिकित्सकमाथि हातपात गरेको घटना पनि भएको छ।
मृतकका ससुरा महावीर सुनारले छानबिनसहित दोषीमाथि कारबाहीको माग गर्दै क्षतिपूर्तिसमेत दिनुपर्ने अडान लिएका छन्। साथै, नवजात शिशुको उचित र निःशुल्क उपचारको मागसमेत गरेका छन्।
उता, प्रतिष्ठानका निर्देशक डा. जनार्दन पन्थीले घटनासम्बन्धी आवश्यक विवरण सङ्कलन भइरहेको जनाउँदै, सम्पूर्ण तथ्य सार्वजनिक गरिने बताएका छन्। उनले प्रक्रियागत रुपमा सुत्केरी गराउने क्रममा के के विधि अपनाइयो भन्ने विषयमा अध्ययनपछि मात्र निष्कर्ष निकालिने स्पष्ट पारे।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
