नेपाल हेल्थ न्युज, दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामीको उपचारका क्रममा भएको निधनपछि उत्पन्न परिस्थितिमा चिकित्सक, नर्स र सुरक्षाकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडप्रति राष्ट्रिय चिकित्सक संघ, नेपाल (एनडान) ले कडा आपत्ति जनाएको छ।
संघले आइतबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा घटनाको निन्दा गर्दै जिम्मेवार व्यक्तिहरूमाथि छिटो कानुनी कारबाहीको माग गरिएको छ। साथै, यस्ता घटना दोहोरिन नदिन सम्पूर्ण अस्पताल र सम्बन्धित सरकारी निकायहरूलाई सुरक्षाका लागि आवश्यक कदम चाल्न आग्रह गरिएको छ।
संघका प्रवक्ता डा. अरुण उप्रेतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, सबै स्वास्थ्यकर्मी, जस्तै चिकित्सक र नर्सहरूले जोखिमरहित र स्थिर वातावरणमा आफ्नो सेवा दिन पाउने अधिकार राख्छन्। अस्पतालभित्रै उनीहरूमाथि गरिएको आक्रमण गम्भीर चिन्ताको विषय हो।”
संघले स्वास्थ्य मन्त्रालय मातहत रहेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति’ लामो समयदेखि निष्क्रिय रहँदा यस्ता समस्या झन् बढ्न थालेको उल्लेख गर्दै चिन्ता व्यक्त गरेको छ।
त्यस्तै, मन्त्रालयले ल्याएको ‘शून्य सहनशीलता नीति’ अझै व्यवहारमा लागू हुन नसकेको भन्दै गम्भीर असन्तोष जनाइएको छ।
संघले मन्त्रालयलाई थप जिम्मेवारीपूर्वक व्यवहार गर्न आग्रह गर्दै, सुरक्षासम्बन्धी नियमित बैठक सञ्चालन गर्न र शून्य सहनशीलता नीतिलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन जोड दिएको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
