नेपाल हेल्थ न्युज, दाङ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामीको उपचारका क्रममा भएको निधनपछि उत्पन्न परिस्थितिमा चिकित्सक, नर्स र सुरक्षाकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडप्रति राष्ट्रिय चिकित्सक संघ, नेपाल (एनडान) ले कडा आपत्ति जनाएको छ।
संघले आइतबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा घटनाको निन्दा गर्दै जिम्मेवार व्यक्तिहरूमाथि छिटो कानुनी कारबाहीको माग गरिएको छ। साथै, यस्ता घटना दोहोरिन नदिन सम्पूर्ण अस्पताल र सम्बन्धित सरकारी निकायहरूलाई सुरक्षाका लागि आवश्यक कदम चाल्न आग्रह गरिएको छ।
संघका प्रवक्ता डा. अरुण उप्रेतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, सबै स्वास्थ्यकर्मी, जस्तै चिकित्सक र नर्सहरूले जोखिमरहित र स्थिर वातावरणमा आफ्नो सेवा दिन पाउने अधिकार राख्छन्। अस्पतालभित्रै उनीहरूमाथि गरिएको आक्रमण गम्भीर चिन्ताको विषय हो।”
संघले स्वास्थ्य मन्त्रालय मातहत रहेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति’ लामो समयदेखि निष्क्रिय रहँदा यस्ता समस्या झन् बढ्न थालेको उल्लेख गर्दै चिन्ता व्यक्त गरेको छ।
त्यस्तै, मन्त्रालयले ल्याएको ‘शून्य सहनशीलता नीति’ अझै व्यवहारमा लागू हुन नसकेको भन्दै गम्भीर असन्तोष जनाइएको छ।
संघले मन्त्रालयलाई थप जिम्मेवारीपूर्वक व्यवहार गर्न आग्रह गर्दै, सुरक्षासम्बन्धी नियमित बैठक सञ्चालन गर्न र शून्य सहनशीलता नीतिलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउन जोड दिएको छ।
कानुन विपरीत सञ्चालन भएका अस्पतालमा काम नगर्न चिकित्सकलाई निर्देशन
आइतबार, असार ७, २०८३
टिचिङमा असार १५ देखि स्वास्थ्य बिमा पुन सुचारु हुने
आइतबार, असार ७, २०८३
प्रा. डा. चन्दा कार्कीका दुई कृतिमार्फत समाजसेवाको नयाँ अभियान
आइतबार, असार ७, २०८३
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
आइतबार, असार ७, २०८३
