नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघले उठाएका मागहरूमाथि छलफल गर्न स्वास्थ्य, कानुन र उद्योगमन्त्रीबीच आज विशेष बैठक भइरहेको छ।
स्वास्थ्य मन्त्रालयमा मंगलबार स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानुनमन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारी सहभागी रहेको बैठकमा चिकित्सक आन्दोलन समाधानका उपायहरूबारे छलफल जारी छ।
उपभोक्ता अदालतको पछिल्लो फैसलापछि असन्तुष्ट चिकित्सकहरू आन्दोलित छन्। उनीहरूले आकस्मिक र सघन उपचारबाहेकका नियमित सेवा बन्द गरेका छन्।
नेपाल मेडिकल काउन्सिलमा लाइसेन्स बुझाउने तयारी समेत सुरु गरिएको छ। डा. कार्कीका अनुसार, चिकित्सकहरूले आफ्नो प्रमाणपत्र इमेलमार्फत संकलन गरिरहेका छन् र मंगलबार बेलुकासम्मै ती प्रमाणपत्र काउन्सिलमा बुझाउने योजना बनाइएको छ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३ट्रेन्डिङ
२
५
