नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघले उठाएका मागहरूमाथि छलफल गर्न स्वास्थ्य, कानुन र उद्योगमन्त्रीबीच आज विशेष बैठक भइरहेको छ।
स्वास्थ्य मन्त्रालयमा मंगलबार स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानुनमन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारी सहभागी रहेको बैठकमा चिकित्सक आन्दोलन समाधानका उपायहरूबारे छलफल जारी छ।
उपभोक्ता अदालतको पछिल्लो फैसलापछि असन्तुष्ट चिकित्सकहरू आन्दोलित छन्। उनीहरूले आकस्मिक र सघन उपचारबाहेकका नियमित सेवा बन्द गरेका छन्।
नेपाल मेडिकल काउन्सिलमा लाइसेन्स बुझाउने तयारी समेत सुरु गरिएको छ। डा. कार्कीका अनुसार, चिकित्सकहरूले आफ्नो प्रमाणपत्र इमेलमार्फत संकलन गरिरहेका छन् र मंगलबार बेलुकासम्मै ती प्रमाणपत्र काउन्सिलमा बुझाउने योजना बनाइएको छ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
