नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका सहसचिव तथा सो सरहका कर्मचारीहरूलाई सेडप ९क्भ्म्ए० तालिम मा सहभागी गराउनका लागि मनोनयन दिन अनुरोध गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त निर्देशनका आधारमा मन्त्रालयले मातहतका सबै विभाग, महाशाखा, संघीय तथा प्रादेशिक अस्पतालहरू, निकाय तथा कार्यालयहरूलाई तोकिएको ढाँचामा प्रशिक्षार्थीको विवरण पठाउन आग्रह गरेको हो।
इच्छुक कर्मचारीहरूले तालिमका लागि आवश्यक विवरणसहितको मनोनयन फाराम आन्तरिक प्रशासन शाखा वा मन्त्रालयको इमेल [email protected] मा २०८२ साल असार २७ गतेभित्र पठाइसक्नुपर्नेछ।
यस सम्बन्धमा मन्त्रालयले विस्तृत जानकारी र आवश्यक कागजातहरू आफ्नै वेबसाइटमा प्रकाशित गरिएको जनाएको छ। सूचना प्रविधि शाखालाई उक्त सूचना तथा संलग्न कागजात वेबसाइटमा अपलोड गर्न निर्देशन दिइएको छ।
मन्त्रालयका अनुसार यो तालिमले कर्मचारीको दक्षता अभिवृद्धि, अनुभव साटासाट तथा कार्यकुशलता विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
