नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका सहसचिव तथा सो सरहका कर्मचारीहरूलाई सेडप ९क्भ्म्ए० तालिम मा सहभागी गराउनका लागि मनोनयन दिन अनुरोध गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त निर्देशनका आधारमा मन्त्रालयले मातहतका सबै विभाग, महाशाखा, संघीय तथा प्रादेशिक अस्पतालहरू, निकाय तथा कार्यालयहरूलाई तोकिएको ढाँचामा प्रशिक्षार्थीको विवरण पठाउन आग्रह गरेको हो।
इच्छुक कर्मचारीहरूले तालिमका लागि आवश्यक विवरणसहितको मनोनयन फाराम आन्तरिक प्रशासन शाखा वा मन्त्रालयको इमेल [email protected] मा २०८२ साल असार २७ गतेभित्र पठाइसक्नुपर्नेछ।
यस सम्बन्धमा मन्त्रालयले विस्तृत जानकारी र आवश्यक कागजातहरू आफ्नै वेबसाइटमा प्रकाशित गरिएको जनाएको छ। सूचना प्रविधि शाखालाई उक्त सूचना तथा संलग्न कागजात वेबसाइटमा अपलोड गर्न निर्देशन दिइएको छ।
मन्त्रालयका अनुसार यो तालिमले कर्मचारीको दक्षता अभिवृद्धि, अनुभव साटासाट तथा कार्यकुशलता विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

