नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य क्षेत्रमा दरबन्दी थपसम्बन्धी संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणको प्रस्तावले उत्पन्न गरेको असन्तुष्टि सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरोकारवाला निकायहरूसँग हिजो मन्त्रालयमा विशेष छलफल गर्नुभएको छ।
उक्त छलफलमा मन्त्रालयका उच्च अधिकारीहरू, विभिन्न स्वास्थ्य पेशागत संघसंस्थाका प्रतिनिधिहरू तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो। छलफलको उद्देश्य अर्थ मन्त्रालयमा पठाइएको दरबन्दी सिफारिस फाइलप्रति उठेका गुनासाहरूको समग्र समिक्षा गर्नु रहेको थियो।
जेठ २८ गते स्वास्थ्य मन्त्रालयले २,१०२ दरबन्दी थप्ने प्रस्तावसहितको ओएनएम प्रतिवेदन अर्थ मन्त्रालयमा पठाएको थियो। तर सो प्रस्तावप्रति पेशागत सन्तुलन नभएको भन्दै विभिन्न संघसंस्थाले आपत्ति जनाएका थिए।
त्यसकै आधारमा अर्थ मन्त्रालयले सो फाइल फिर्ता पठाउँदै छ बुँदामा स्पष्टता मागेको छ। अहिले स्वास्थ्य मन्त्रालयले ती बुँदाहरूका आधारमा प्रतिवेदन पुनरावलोकनको प्रक्रिया अघि बढाएको छ।
मन्त्री पौडेलले छलफलमा सरोकारवालाहरूको सुझावका आधारमा सन्तुलित प्रस्ताव तयार पारिने र चाँडै प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता जनाउनुभएको छ।
दुई दिनको बिदापछि सरकारी अस्पतालमा बिरामीको भीड, सेवा व्यवस्थापनमा चुनौती
सोमबार, वैशाख २१, २०८३
सरकारद्वारा मन्त्रालय पुनर्संरचना: ४ मन्त्रालय खारेज हुँदै
सोमबार, वैशाख २१, २०८३
१५ दिनसम्म राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन’
सोमबार, वैशाख २१, २०८३
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३

