नेपाल हेल्थ न्युज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जनसंख्या वृद्धिदर घट्दो अवस्थामा रहेको भन्दै यसप्रति चिन्ता व्यक्त गर्नुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित ‘जनसंख्या नीति सार्वजनिक’ कार्यक्रममा उहाले युवावर्गलाई २० वर्षको उमेर पार गरेलगत्तै विवाह गर्न र ३० वर्ष नपुग्दै तीन जना सन्तान जन्माउन सुझाव दिनुभयो।
उहाँका अनुसार प्रजनन क्षमताको दृष्टिले उपयुक्त उमेरमा सन्तान जन्माइएमा, त्यसपछि काम र करियरमा केन्द्रित हुन सजिलो हुन्छ। बालबच्चा बेलैमा हुर्के भने, अभिभावकहरूले पनि आफ्नो जीवन सजिलै अघि बढाउन सक्छन्, प्रधानमन्त्री ओलीले भन्नुभयो, नातिनातिना, पनातिपनातिनी हेर्ने सपना पनि पुरा हुन्छ।
उहाँले अहिलेको पुस्ता करियर र व्यावसायिक लक्ष्यमा यति व्यस्त भएको जनाउँदै, सन्तान जन्माउने निर्णयलाई लम्ब्याउने प्रवृत्तिप्रति टिप्पणी गर्नुभयो। अब त कोक्रामा सुताउनेदेखि धुलो खेलाउनेसम्मका विद्यालय छन्, उहाँले भन्नुभयो, बाबुआमाले चिन्ता गर्नुपर्ने अवस्था छैन।
ओलीले जनसंख्यामा देखिएको घट्दो प्रवृत्तिलाई विकाससँग जोड्दै यसको दीर्घकालीन प्रभावबारे सचेत रहन आग्रह गर्नुभयो। उहाँका अनुसार जनसंख्या घट्नु सामाजिक र आर्थिक सन्तुलनका लागि चुनौती बन्न सक्छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
