नेपाल हेल्थ न्युज, काठमाडौं । चालू आर्थिक वर्षको पुस महिनादेखि हालसम्म देशभर १८६९ जना व्यक्तिमा डेंगु संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु संक्रमण हालसम्म ७३ जिल्लामा फैलिएको छ। मनाङ, रसुवा, हुम्ला र डोल्पा जिल्लाबाट भने हालसम्म कुनै डेंगुको केस रिपोर्ट नभएको जानकारी दिनुभयो।
डा. दाहालले प्रदेशगत विवरण प्रस्तुत गर्दै सबैभन्दा बढी गण्डकी प्रदेशमा ४५१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। त्यसपछि बागमतीमा ४३४, कोशीमा ३५०, लुम्बिनीमा ३००, सुदूरपश्चिममा २६४, कर्णालीमा ३६ तथा मधेश प्रदेशमा ३४ जनामा डेंगु भेटिएको छ।
विशेषज्ञहरूका अनुसार डेंगु एडिस जातको लामखुट्टेबाट सर्ने भाइरसजन्य रोग हो। यी लामखुट्टेहरू प्रायः सफा पानी जम्मा हुने भाँडाहरूमा वृद्धि हुने भएकाले सावधानी अपनाउन सुझाव दिइएको छ।
संक्रमणको लक्षणका रूपमा उच्च ज्वरो, टाउको, मांसपेशी र जोर्नी दुख्ने, आँखाको गेडीमा पीडा, वान्ता हुने, वाकवाकी लाग्ने, पखाला लाग्ने तथा छालामा रातो दाग देखिनेजस्ता समस्या देखिन सक्छन्। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यस्ता लक्षणहरू देखिएमा ढिलो नगरी स्वास्थ्य संस्थामा जाँच गराउनु आवश्यक हुन्छ। जनस्वास्थ्य विशेषज्ञहरू डेंगु नियन्त्रणका लागि सचेत रहन र घर वरिपरि पानी नजम्मिने व्यवस्था गर्न सुझाव दिएका छन्।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
